साझेदारी गर्नुहोस्

आजदेखि प्रथम नेपाल एप्पल फेस्ट २०२४ (स्याउ मेला २०८१)) सुरु भएको छ । होटल मनाङ, ठमेलको सहकार्यमा किसान भेन्चरले आयोजना गरेको मेला होटल मनाङमा सुरु भएको हो । 

आगामी शनिबारसम्म चल्ने उक्त मेलामा ३७ वटा भेराइटी डिस्प्ले गरिएको किसान भेन्चरका सीईओ राजेश कार्कीले जानकारी दिए । यद्यपि, केही भेराइटी भने बाटोमै रोकिएको उनको भनाइ छ ।

प्रदर्शनमा ३७ प्रजातिका स्याउ राखे पनि बिक्री भने ८ प्रजातिका मात्रै गरिने उनले जानकारी दिए । होटल मनाङमा विभिन्न सेसनसहित मेला सुरु गरिएकोमा स्याउको बिक्री कक्ष उत्पला क्याफे बौद्धमा पनि राखिएको छ ।

नेपाल एप्पल फेस्ट २०२४ को उद्देश्य नेपालमा स्याउ खेतीको समृद्ध विरासतलाई प्रोत्साहन गर्नु, विभिन्न प्रजातिका स्याउको प्रदर्शन एवं नेपालमा कृषिको सम्भावनालाई प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।