साझेदारी गर्नुहोस्

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा बढेको छ ।

आज सुनको मूल्य तोलामा एक सयले बढेर तोलाको एक लाख ६० हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार सुनको मूल्य एक लाख ६० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १९५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।