साझेदारी गर्नुहोस्

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र भातृ संगठन पेशागत किसान महासंघ नेपालले बाढी प्रभावित क्षेत्रमा सरसफाइ गरेका छन् ।

बुधबार काठमाडौँको त्रिपुरेश्वर स्थित पुरेतघाटमा बाढी पीडित सुकुम्बासी बस्तिमा संविधानसभा सदस्य एवं एमाले पोलिट्ब्युरो सदस्य रामेश्वर फुयाल, केन्द्रिय सदस्य सर्मिला कार्की,पेशागत महासंघ नेपालका अध्यक्ष पुण्यप्रसाद ढकाल,महासचिव केदार देवकोटाका, नेपाल पारा भेटेरिनरि एण्ड लाईभस्टक एशाेसियसनका उपाध्यक्ष सरोज धिमालका साथै अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनका केन्द्रीय नेताहरु एवं काठमाडौँ महानगरपालिका कमिटीका अध्यक्षगणेश श्रेष्ठ लागायतको उपस्थिति रह्यो ।

नदी किनाराका सुकुम्बासी बस्तिहरुमा गरिखाने वर्गको पिडामा मल्हम लगाउन पुर्व प्रदेश मन्त्री समेत रहेका नेता फुयाल आफै जुटे ।

यसरी जन वर्गीय संठनहरुको नेतृत्व गर्दै नेताहरु हिलाम्मे भएरै विपत्तिको बेलामा सक्रिय भएर सेवामा लागेका छन् । उक्त अभियानमा जनता संगै अन्छाईपन्छाईमा लागेका नेता तथा कार्यकर्ताहरुको अथक मेहनत देखिन्छ ।

यसो त बाढीको कारण बस्ति नै गन्हाउन थालेका छन् । जसका कारण झाडापखाला,हैजाको प्रकोप फैलन नदिन सेना,प्रहरी र सुरक्षा निकायको एकीकृत परिचालनमा सबै संघसँस्था परिचालित हुन आवश्यक रहेको उनिहरु बताउँछन् ।

बाग्मती र विष्णुमती किनारामा एमालेका जनसंगठन बस्तिबस्तिमा पुगेर हिलाम्मे अवस्थामा रहेका स्थानिय संगै पसिना बगाएर काम गरिरहेका छन् ।

पीडित बस्तिमा सहायता प्रदान गर्दै विपत्तिको बेलामा हामी संगै छौँ है भनेर दु:खको सारथी बनि हौसला प्रदान गर्न र दुखेको घाउमा मल्हम लगाउन आफूहरू बाढी प्रभावित क्षेत्रमा पुगेको उनिहरु बताउँछन् ।

यस्तै सरसफाइ तथा उद्धार कार्यमा खटिएका नेता रामेश्वर फुयालले आफूहरू दुखी पिडितको पक्षमा सदैव सक्रिय रहने बताए । गत शुक्रबार र शनिबारका दिन आएको बाढी पहिरो जस्ता विपत्तिमा परि ज्यान गुमाउने नागरिक प्रती श्रद्धाञ्जली अर्पण गर्दै उनिहरुको घरपरिवार प्रती समवेदना समेत प्रकट गरे । पुर्व प्रदेश मन्त्री समेत रहेका नेता फुयालले बाढिको चपेटामा परेका नागरिकहरूलाई सरकारका तर्फबाट पनि तत्काल राहत उपलब्ध गराउन आग्रह समेत गरे ।

नेता फुयाल संगै सरसफाइ अभियानमा जुटेका पार्टी निकट भातृ संगठनका सदस्यहरू तथा विद्यार्थी नेताहरू सक्रिय भएर लागेका थिए । उनिहरुले वंशिघाट (पुरेतघाट) क्षेत्रका घरहरुका साथै विश्व निकेतन माध्यमिक विद्यालयमा भित्र पसेको फोहोर र हिलो पन्साएर सफाइ गरेका थिए ।