साझेदारी गर्नुहोस्

काठमाडौं: खर्बपति व्यवसायी एलन मस्कले अमेरिकामा रास्ट्रपति चुनावमा कमला ह्यारिसले जितेमा एक दलीय व्यवस्था हुने जिकिर गरेका छन् ।

डोनाल्ड ट्रम्पले चुनाव हारे अमेरिकामा फेरि पनि चुनाव नहुने उनको भनाइ छ ।

एक्समा लेख्दै मस्कले बीस गैरकानुनी आप्रवासीमा एकजनाले मात्रै नागरिकता पाए चार वर्षमा त्यो संख्या २० लाख हुने भन्दै डेमोक्रेटिक पार्टीले त्यसरी चुनाव जित्न लागेको दाबी गरे ।

रुसी विश्व च्यानल आरटीका अनुसार, कुनै दल विशेषको पकड नभएका स्विङ स्टेटहरूमा आप्रवासीहरूलाई धमाधम नागरिकता दिएर चुनाव जित्ने डेमोक्रेटिक पार्टीको रणनीति भएको मस्कले बताए ।

चुनाव हुन एक महिना मात्रै बाँकी छँदा सामाजिक सञ्जाल एक्सका मालिक मस्कले यस्तो बताएका हुन् ।