साझेदारी गर्नुहोस्

शुक्रबार र शनिबार देशभरका विभिन्न ठाउँमा बाढी र पहिरोको कारण जनजीवन प्रभावित भएको बेला शेयर बजारमा पनि पहिरो गएको छ । साताको पहिलो दिन आइतबार शेयर बजार घटेको छ ।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ । शेयर बजारमा पहिरो जाँदा कारोबार रकमा पनि सुस्ताएको छ । आज ४ अर्ब ५ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।

आज १ करोड ३ लाख ११ हजार ८८५ कित्ता शेयर ५८ हजार ४०१ पटक किनबेच भएको छ ।

आज ३२७ वटा कम्पनीको शेयर कारोबार हुँदा ४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।