साझेदारी गर्नुहोस्

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।