साझेदारी गर्नुहोस्

अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भइरहेको वर्षाका कारण बाढी र पहिरो जस्ता विपत्ति आउन सक्ने भन्दै सबैले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त आग्रह गरेका हुन् ।

यो संगै प्रधानमन्त्री ओलीले नेपालमा झरी पर्दा आफ्नो मनमा पहिरो गएजस्तो भैरहेको बताएका छन् । उनले लेखेका छन्– ‘म अमेरिकामा हार्वर्ड विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन गइरहेको छु ।

यतिबेला नेपालमा देशभर भारी वर्षाले बाढी, पहिरो र डुबानका खबरहरु सामाजिक सञ्जाल र मिडिया मार्फत सुनिरहेको, हेरिरहेको छु। नेपालमा झरी पर्दा यता मनमा पहिरो गएजस्तो भइरहेको छ। भेल, बाढी र पहिरोको जोखिमयुक्त ठाउँमा रहनु भएका सबैले सुरक्षा सतर्कता अपनाउनु होला, अत्यावश्यक बाहेक लामो दूरीको यात्रामा ननिस्कनु होला। सबै सुरक्षा निकायका सुरक्षाकर्मी साथीहरु आपातकालीन मद्दतका लागि तयारी अवस्थामा रहनु होला।´