साझेदारी गर्नुहोस्

अमेरिकाले इजरायल-लेबनान सीमामा भइरहेको युद्ध रोक्नका लागि तत्कालका लागि गरेको युद्ध विरामको प्रस्तावलाई इजरायलले अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध विराम हुनसक्ने भए पनि अहिले तत्कालका लागि सेना द्विविधामा नपर्न लागि निर्देशन गरेका छन्।

नेतान्याहुले लक्ष्य पुरा नभएसम्म आक्रमण जारी राख्ने बताएका छन्। नेतान्याहुको यो घोषणाका बाबजुद धेरैको अनुमान इजरायल र हिजबुल्लाह दुवै युद्ध विरामका लागि तयार भएको तथापि आफ्नो सेनाको आत्मबल गिर्न नदिनका लागि युद्धको पक्षमा भएको सङ्केत गरेका छन्।

युद्धमा एकपछि अर्को हिलजबुल्लाह कमान्डर मारिने क्रममा बिहीबार मोहम्मद हिसान स्क्राउरको ज्यान गएको छ। इजरायल डिफेन्स फोर्स (आइडिएफ)का अनुसार स्क्राउर इजरायल विरुद्ध भएको थुप्रै आक्रमणमा नेतृत्व गर्ने व्यक्ति हुन्।