साझेदारी गर्नुहोस्

पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जाने भएका छन् ।

उनी आफ्नो निजी भ्रमणको लागि आगामी साता भुटान भ्रमणमा जाने भएका हुन् । आज उनको सचिवालयले जारी गरेको सूचनामा सो जानकारी दिइएको छ ।

पूर्वराजा शाहले दसैँ मान्न भने काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।

नौरथाको अवधिमा शाहले त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको संवाद सचिव डा. फणीराज पाठकले जानकारी दिए ।