साझेदारी गर्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय विभागहरू गठन गरिएको छ । त्यस्तै, सचिवालय समेत गठन गरिएको हो ।

हालै बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले विधानको धारा ९७ (२) अनुसार १७ विभाग गठन गरिएको महासचिव लालबाबु राउतले पार्टी पङ्क्तिलाई परिपत्र गरेका छन्।

विभागहरूले पार्टीको विधान अनुसार तोकिएको क्षेत्राधिकार भित्र रही आ-आफ्नो काम, कर्तव्य र अधिकार बमोजिम कार्यहरू सम्पादन गर्ने निर्देशन समेत दिइएको छ।

पार्टीभित्र समेत रणनीतिक महत्व बोकेको संगठन विभाग र पार्टी स्कूल तथा प्रशिक्षण विभागमा समेत सदस्यहरु मनोनयन गरिएको हो । संगठन विभागमा १९ जना सदस्यहरु छन् भने पार्टी स्कूल तथा प्रशिक्षण विभागमा १७ जना सदस्यहरु रहेका छन् ।

यसैबीच लुम्बिनी प्रदेशकी सांसद समेत रहेकी जसपा नेपालकी नेतृ अम्बिका काफ्ले पार्टीको पार्टी स्कूल तथा प्रशिक्षण विभागमा मनोनित भएकी छिन् । जसपा नेपालकी नेतृ अम्बिका काफ्लेले विगतमा झैं आगामी दिनमा पनि पार्टीको प्रशिक्षण तथा संगठन बिस्तारमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् ।