साझेदारी गर्नुहोस्

पछिल्ला दिन निरन्तर ओरालो लाग्दै आएको शेयर बजारमा बुधबार करिब ५० अंकको सुधार आएको छ ।

योसँगै परिसुचक २५ सय १९ विन्दुमा पुगेको छ । सामूहिक लगानी कोष बाहेक अरु उपसमूह उकालो लाग्दा कारोवार रकम भने ५ अर्ब तलै रह्यो । वित्त समूहमा करिब ४ प्रतिशतको बृद्धि आउँदा होटल तथा पर्यटन समूह साढे ३ प्रतिशतले बढ्यो ।

विकास बैक र जलविद्युत समूह २ प्रतिशत बढीले उकालो लाग्दा अरु समूह पनि १ प्रतिशतले उकालो लागेका छन् । विन नेपाल लघुवित्त, ङ्यादी हाइड्रोलगायत करिब आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा २ सय २३ कम्पनीको मूल्य बढेको छ ।

१८ कम्पनीको मूल्य घटेको नेप्सेले जनाएको छ । यस दिन ३ सय २७ कम्पनीको १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ८१ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।