साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खण्डन गरेपनि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्डले बोलेको कुरा नै आफूले सार्वजनिक गरेको बताएका छन् । प्रचण्डका तर्फबाट सचिवालयले खण्डन गर्दै मिश्रले आफू अनुकूल अराजनैतिक प्रचार गरेको आरोप लगाएपछि उनको प्रतिवाद आएको हो ।

फेसबुकमा प्रचण्डको सचिवालयको खण्डनसमेत राखेर उनले प्रचण्डले बोलेको कुरानै आफूले सार्वजनिक गरेको बताएका छन् । त्यतिमात्रै होईन, उनले प्रचण्ड र आफूबीच अरु धेरै कुरा भएको र ती सार्वजनिक नभएको पनि संकेत गरेका छन् ।

हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ। त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।’ मिश्र सामाजिक सञ्जालमा लेख्छन् मेरो थप सानो मात्र टिप्पणी छःठूला नेताहरूसँग भेट्दा ‘यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्’ भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिनँ। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।’

प्रचण्डको सचिवालयले खण्डन गरेपछि मिश्रले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्: 
प्रचण्ड सचिवालयको खण्डन:
हिजो प्रचण्डजी र म बीच भएको भेटघाटपछि मैले गरेको टिप्पणीको उहाँको सचिवालयले खण्डन गरेको रहेछ।
त्यसलाई जस्ताको त्यस्तै प्रकाशित गर्नु मेरो पनि दायित्व संझिएको छु। उहाँको सचिवालयप्रति भद्रतापूर्वक विमति राखेकोमा आभारी छु।
मेरो थप सानो मात्र टिप्पणी छ:
ठूला नेताहरूसँग भेट्दा “यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस्” भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

सबै ‘प्रचण्ड पथगामी’ हुन्। ‘नेपालको संविधान २०७२’ वास्तवमा ‘प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु। त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।


प्रचण्डको सचिवालयले गरेको खण्डन 

हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ।


जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर  आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन।
पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि?