साझेदारी गर्नुहोस्

सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।  सुनको मूल्य विगत चार दिनदेखि लगातार बढिरहेको छ।

आज सुनको मूल्य तोलामा सातसय रुपैयाँ बढेर एक लाख ६० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनकाे याे मूल्य अहिलेसम्मकै सर्वाधिक महँगाे हाे।