साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा जोडेर आफूलाई फसाउने गरी सरकारले योजना बनाइरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च:मतीबाट फेसबुक लाइभमा देखिएका उनले आफू झोला भिरेरै गिरफ्तारी दिन तम्तयार रहेको पनि बताए ।

गोर्खा मिडियाका तत्कालीन सञ्चालक एमव् पूर्वडीआईजी छविलाल जोशीको बयानबाट आफूलाई पक्राउ गर्न सकिन्छ भन्ने प्रयासमा सरकार लागिरहेको उनले बताए ।

‘छविलाल जोशीको बयानबाट पनि मलाई पक्राउ गर्न सकिने बाटो सरकारले खोजिरहेको छ’, उनले भने, ‘म गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय आएको छु ।’