साझेदारी गर्नुहोस्

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३९ पैसा र बिक्री दर १३३ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३५ पैसा र बिक्री दर १४९ रुपैयाँ २ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर १७७ रुपैयाँ ५९ पैसा र बिक्री दर १७८ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ०३ पैसा र बिक्री दर १५७ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ९ पैसा र बिक्री दर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ४५ पैसा र बिक्री दर ९८ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको खरिद दर एक सय तीन रुपैयाँ ३० पैसा र बिक्री दर एक सय तीन रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।