साझेदारी गर्नुहोस्

अध्ययनका लागि विदेशीने विद्यार्थीहरुलाई लक्षित गर्दै स्टेरवे  एजुकेशनल सर्भिसेजले विशेष योजना सार्वजनिक गरेको छ ।


काठमाडौंको चावहिलमा रहेको स्टेरवे एजुकेशनल सर्भिसेजले प्लस टू लगायतका विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर छात्रवृत्ति दिने तथा विशेष छुट प्रदान गर्ने सहितका योजना ल्याएको हो ।


कन्सल्टेन्सीले एशियाली मुलुक जापान सहित युरोपियन मुलुकहरुका साथै अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श लगायतका सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।


यी देशहरुमा रहेका लोकप्रिय तथा शैक्षिक स्तरमा गुणस्तरीय मानिने सबै युनिभर्सिटी तथा कलेजहरुसँग सहकार्य गरेर विद्यार्थीहरुलार्ई गुणस्तरीय शैक्षिक परामर्श, विभिन्न स्कलरसीप लगायतका सम्पूर्ण सुविधाहरु प्रदान गर्दे आएको स्टेरवे एजुकेशनल सर्भिसेजका प्रबन्ध निर्देशक राजी थापाले बताए ।


कन्सल्टेन्सीले अध्ययनका लागि विदेशीने विद्यार्थीहरुको रोजाइमा पर्दे आएकोे दाबी गरेको छ । विदेशका युनिभर्सिटी तथा कलेजहरु र उनीहरुको शैक्षिक पक्रियाका बारेमा संस्थाको वेभसाइट, फेसबुक, इमेल, फोन नम्बर लगायतका माध्यमबाट थप जानकारी हासिल गर्न सकिने स्टेरवे कन्सल्टेन्सीले बताएको छ ।