साझेदारी गर्नुहोस्

वासिङटन डिसी: परराष्टमन्त्री डा.आरजु राणा र फिनल्यान्डका वैदेशिक व्यापार र विकाससम्बन्धी मन्त्री भिल्ली ताभिओबीच भेटवार्ता भएको छ ।

भेटका अवसरमा मन्त्री राणाले विगत ५० वर्षदेखि नेपाल र फिनल्यान्डबीच भएको मैत्रीपूर्ण, आत्मीय र सहकार्यको नेपालले उच्च महत्त्वका साथ लिएको बताइन् ।

विगत ५० वर्षदेखि नेपालको सामाजिक आर्थिक विकासमा फिनल्यान्डले पुर्याउँदै आएको सहयोगका लागि मन्त्री राणाले आभार व्यक्त गरिन् ।

नेपाल र फिनल्यान्डबीच १९७४ सेप्टेम्वर २१ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ ।