साझेदारी गर्नुहोस्

लामिछानेले वर्तमान सरकारले अधिनायकवादी चरित्र देखाएको भन्दै सरकारको अधिनायकवादी चरित्रको सामना गर्न समर्थकहरूलाई आह्वान गरेका छन् ।

आइतबार राति पार्टी कार्यालयमा जम्मा भएका नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले जे पनि गर्न सक्ने भएकाले देशभरका कार्यकर्ता र समर्थकहरूलाई अलर्ट बस्न आह्वान गरेका हुन् ।

उनले सहकारी छानबिन समितिको प्रतिवेदनले आफूलाई निर्दोष देखाए पनि सरकारले षड्यन्त्र गरेर आफूमाथि धरपकड गर्न लागेको बताए ।

सभापति लामिछानेले सरकारको ध्यान सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्नेमा नभएर रवि लामिछानेलाई जेल हाल्ने मात्र रहेको बताए ।

‘यो सरकारले जे पनि गर्न सक्छ । यो सरकारको विश्वास छैन । तम्तयार भएर रहनुहोला । देशभरका न्याय प्रेमी र रास्वपाका नेता कार्यकर्ताहरू अलर्ट रहन आग्रह गर्दछ’, लामिछानेले आह्वान गरे ।