साझेदारी गर्नुहोस्

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सहकारी ठगीमा संलग्न कम्पनीको साझेदारको हैसियतले रवि लामिछाने पनि सहकारी ठग भएको बताएका छन् ।

प्रेस चौतारी दाङले शनिबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले गोर्खा मिडियाका साझेदार भएकोले त्यसले गरेको सहकारी ठगीको घटनाबाट लामिछाने उम्किन नमिल्ने बताए ।

गोरखा मिडिया प्रालिमा रविले बिना लगानी १५ प्रतिशत शेयर भएको स्वीकार गर्नु नै भ्रष्टाचार भएको उनको दाबी छ । लगानीबिना शेयर धनी बन्न पाउने नेपालको कानुनले परिकल्पना नै नगरेको उनले दाबी गरे ।