साझेदारी गर्नुहोस्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका छन् ।

सहिद प्रतिष्ठान नेपालको पन्ध्रौँ वार्षिक साधारणसभालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले सङ्ख्याका हिसाबले अहिले संसदमा विपक्षीहरूलाई कमजोर पार्न विभिन्न षड्यन्त्र भइरहेको बताएका हुन् ।

संसदीय चुनाव लडिसकेपछि सङ्ख्याका हिसाबले कहिले कम र कहिले बढी हुनु स्वभाविक भएको उल्लेख गर्दै उनले राजनीतिक विचार तथा एजेण्डाका हिसाबले अहिले पनि माओवादी नै बलियो शक्ति भएको तर्क गरे ।

पछिल्लो समय महान् जनयुद्धलाई हिंसात्मक कृयाकलापको रुपमा अथ्र्याएको उल्लेख गर्दै उनले यो शब्द फिर्ता नलिँदासम्म प्रतिरोध जारी राख्ने स्पष्ट पारे ।