साझेदारी गर्नुहोस्

काठमाडौँ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।

यस्तै, असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको समितिले जनाएको छ ।

असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको समितिले जनाएको छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ सकिनेछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्रबार सूचना जारी गर्दै टीका लगाइ माग्ने व्यक्ति पूर्व फर्किनुपर्ने समितिले जनाएको छ ।दसैँको टीकाको दिन बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने जनाइको हो ।