साझेदारी गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा रात्रिभोज आयोजना गरे ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित रात्रिभोजमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, मन्त्रीहरू, विदेशी राजदूतलगायत सहभागि भए ।

विशिष्ट अतिथिहरूमाझ विभिन्न जातजातिका परम्परागत सांस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो।