साझेदारी गर्नुहोस्

आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले पराजित भएको छ। नेपालले दिएको दुई सय २१ रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो।

नेपाल पराजित भएको खेलमा ओमानविरुद्ध आक्रामक ब्याटिङ र बलिङ गरेका गुल्सन झा प्लेयर अफ द म्याच बने।

उनले ब्याटिङतर्फ ३५ बलको सामना गर्दा ५ छक्का र तीन चौकाको मद्दतमा ५३ रन जोडे भने बलिङतर्फ ५ विकेट लिए।

उनले १० ओभर बलिङ गर्दा दुई मेडनसहित ४७ रन दिएर ५ विकेट झारेका हुन्। बलिङ र ब्याटिङ दुवैतर्फ आक्रामक देखिएका गुल्सन पराजित खेलको म्यान अफ द म्याच बनेका हुन्।