साझेदारी गर्नुहोस्

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमसम्बन्धी कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेको छ ।

कार्यदलले ओली र देउवालाई वुधबार साँझ बालुवाटारमा न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन हस्तान्तरण गरेको हो ।

न्यूनतम साझा कार्यक्रमको मस्यौदा बनाउने जिम्मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, त्यस्तै, एमाले उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाललाई दिइएको थियो ।