साझेदारी गर्नुहोस्

सशस्त्र समूह हिजबुल्लाहले सम्पर्क गर्नका लागि बोकेको हाते पेजर विस्फोट भएपछि लेबनानमा एक बच्चासहित नौ जनाको मृ’त्यु भएको छ।

राजधानी बेरुत लगायतका स्थानमा भएका विस्फोटमा लेबनानाका लागि इरानी राजुदूत सहित २८ सय जना घाइते भएका छन्। यता हिजबुल्लाहले आठ जना लडाकुको ज्यान गएको बताएको छ।

हिजबुल्लाहले यसको आरोप इजरायल माथि लगाएको छ। ७ अक्टोबरका दिन हमासले इजरायलमा आक्रमण गरेयता इजरायल र लेबनानको सिमामा दैनिक झडप भएको थियो।

हिलबुल्लाह समूहले मोबाइल र इन्टरनेट ट्र्याकको जोखिमले पेजर प्रयोग गर्ने गरेका छन्। हिजबुल्लाहले आफूहरूले इरानको सहयोगमा प्यालेस्टाइनलाई सहयोग गरिरहेको जनाएको छ। यो समूहलाई इजरायल, बेलायत र अन्य धेरै देशले आतङ्ककारीको सूचीमा राखेका छन्।