साझेदारी गर्नुहोस्

इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो र बालेन लेखिएको टिसर्ट लगाएर वसन्तपुर पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई वसन्तपुर दरबारबाट अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ ।

इन्द्रजात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी हुने कार्यक्रम छ । जात्राका लागि दुई हजार बढी सुरक्षाकर्मीहरू खटिएका छन् ।