साझेदारी गर्नुहोस्

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक नीमा गिरीले सोमबार राजीनामा दिएकी छन् ।

प्यूठानबाट समानुपातिक सांसद बनेकी सांसद गिरीले पार्टी, संसद तथा सरकारमा समावेशीको आवाज उठाइरहेकी छन् ।

सो पार्टीका २७ जनामध्ये ९ महिला सांसद रहेकोमा उनीहरुमध्येबाट मन्त्रीमा समेटिनुपर्ने माग गर्दै गिरीकै नेतृत्वमा आइतबार संसदीय दलका नेतालाई दबाबसहितको पत्र बुझाइएको थियो ।

उनले भनिन्, ‘हिजोको डेलिगेशन मेरो लागिभन्दा पनि ९ जना महिला सांसदमध्येबाट मन्त्री बनाउनुपर्ने भन्ने हो, म सधैं समावेशी सहभागिताको बहस गर्ने व्यक्ति हुँ ।’

आफूले समय दिन नसकेको बताउँदै उनले दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष सोमबार राजीनामा बुझाइन् ।

यसअघि प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि राजीनामा दिएका थिए ।