साझेदारी गर्नुहोस्

सहकारी संस्थामा बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्ने कुरामा विश्वास व्यक्त गरेका छन् ।

समितिले प्रतिवेदन तयार पारेपछि सञ्चार कर्मीसँग प्रतिक्रिया दिँदै सभापति थापाले गहन रूपमा सत्यतथ्यका आधारमा प्रतिवेदन बनाएको भन्दै सरकारले कार्यान्वयन गरे सहकारीका समस्या हल हुने बताए ।

सकारी समितिमा विभिन्न पार्टीका प्रतिनिधि थियौँ । त सहकारी समस्यालाई पार्टी भन्दा माथि उठेर । राष्ट्रिय समस्याका रूपमा लिएका छौँ । यसमा अपचलन, ठगी दुरुपयोग अनेक खाले प्रवृत्तिलाई समेटेमा छन् ।