साझेदारी गर्नुहोस्

विश्वकप लिग-२ मा आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। क्यानडाले उसको घरेलु मैदानमा नेपालसँग प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुँदैछ।

क्यानडा भ्रमणमा रहेको नेपालले सिरिज अन्तर्गत दुई ओडिआई प्रतिस्पर्धा क्यानडा र दुई प्रतिस्पर्धा ओमानसँग गर्दैछ। क्यानडासँग नेपालले दोस्रो खेल असोज ६ गते खेल्नेछ। नेपालले ओमानसँगको दुई सिरिज भने असोज २ र ८ गते खेल्नेछ।

नेपालले ओडीआई सिरिजपछि क्यानडा र ओमानसँग टी-२० सिरिजमासमेत प्रतिस्पर्धा गर्नेछ।