साझेदारी गर्नुहोस्

नेपालका लागि चांगान तथा दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले ३१ भदाै‌देखि दिपल एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।

दिपल एक्सचेन्ज मेलामा ग्राहकले प्रि–बजेट मूल्यमै अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपलको प्रिमियम ईभी एस०७ खरिद गर्न सकिने छ ।

काठमाडौंको गैरीधारास्थित सिल्भरओकमा सञ्चालन हुने मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडीसँग नयाँ ‘इन्टेलिजेन्ट, लक्जरियस र फस्ट–टाइम–इन’ नेपाल ‘फिचर–लोडेड’ दिपलका ईभी साट्न सकिने कम्पनीले जानकारी दिएको छ । आफ्नो पुरानो गाडीको बेस्ट भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । साथै ग्राहकले थप एक्सचेन्ज बोनस समेत पाउने छन् ।