साझेदारी गर्नुहोस्

ट्याक्सी चालकहरू प्रदर्शनमा उत्रिएका छन् ।

शुक्रबार बिहान मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ कमलोटारबाट ट्याक्सी चालकहरूले प्रदर्शन सुरू गरेका थिए । त्यहाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईको घर छ । प्रसाईको अगुवाइमा ट्याक्सी चालकहरूले प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी महोमणि अधिकारीका अनुसार राइड सेयरिङ एपको भाडा दर र ट्याक्सीमा हुने भाडा दर फरक हुनुपर्ने, रातो प्लेटका सवारी साधनले यात्रु बोक्न नहुनेलगायत माग राख्दै चालकहरूले प्रदर्शन गरेका हुन् ।

व्यवसायी प्रसाईंको नेतृत्वमा उनीहरूले जडीबुटीमा बीच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए । केही समय सडक बन्द भएकोमा अहिले प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको छ ।