साझेदारी गर्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार पोखराबाट उनलाई पक्राउ गरिएको हो ।

उनले सञ्चालन गरेको दिया फार्मेसीबाट लागुऔषध बिक्री गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

समानुपातिक सांसद रहेको श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई निलम्बित गरेका थियो ।