साझेदारी गर्नुहोस्

एप्पलले आईफोन शृंखलाको १६औँ संस्करण सार्वजनिक गरेको छ।

सोमबार राति ‘एप्पल इभेन्ट’मार्फत कम्पनीले अत्याधुनिक डिजाइन र फिचरसहितको आईफोन १६ अनावरण गरेको हो।

सुरुवाती मूल्य ७९९ अमेरिकी डलर 
नयाँ आईफोन १६ को मूल्य ७९९ अमेरिकी डलरबाट सुरु हुन्छ।

त्यस्तै आईफोन १६ प्लसको सुरुवाती मूल्य ८९९ अमेरिकी डलरबाट सुरु हुन्छ।

नयाँ एप्पल आईफोन १६ प्रो ९९९ अमेरिकी डलरबाट सुरु हुन्छ। आईफोन १६ प्रो म्याक्स भने १ हजार १९९ अमेरिकी डलरबाट सुरु हुने सोमबार कम्पनीले जनाएको छ। आगामी शुक्रबारबाटै कम्पनीले दुवै मोडलको अग्रिम बुकिङ खुल्ला गर्ने जनाएको छ।

नयाँ आईफोन १६ सेतो, कालो, टिल (गाढा नीलो–हरियो), एक्वामरिन (हरियो–नीलोबाट नीलो हरियो) र गुलाबी स्वरुपमा आएको छ। नयाँ आईफोन ६.१ इन्च (आईफोन १६) र ६.७ इन्च (आईफोन १६ प्लस) दुई आकारमा उपलब्ध भएको छ।

आईफोन १६ लाइन नयाँ बटनहरुसाथ आएको छ। पहिलो आफूअनुकूल पार्न मिल्ने ‘एक्सन बटन’ जसले म्युट बटनलाई प्रतिस्थापन गरी प्रयोगकर्तालाई शब्दसमूह अनुवादद्वारा जे पनि गर्न दिने वा सर्टकट प्रोग्रामिङको सुविधा जस्तो कि फ्लासलाइट बाल्ने वा क्यालेन्डर खोल्न सकिन्छ।