साझेदारी गर्नुहोस्

काठमाडौं नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट धोका हुन लागेको थाहा पाएरै नेपाली कांग्रेससँग सत्ता सहकार्य सुरु गरिएको बताएका छन् । ।

बुधबार केन्द्रीय मुख्यालय च्यासलमा पोलिटब्यूरो बैठक समापन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले समाजवादी मोर्चा भनेर पनि धोकाकै राजनीति गर्न खोजिरहेको बताए ।

ओलीको भनाइ उद्धृत गर्दै एक पोलिटब्यूरो सदस्यले भने, ‘प्रचण्डले छुरा तिखारेर बसेका थिए । तर मैले एक राउण्ड किक् दिएको हो, ‘अहिले असन्तुलित भएर बोल्दैछन् ।’

प्रचण्डले अनेक नाममा धोकाको राजनीति गर्ने ओलीले बताएका थिए ।