साझेदारी गर्नुहोस्

भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा विमानस्थलमा बमको धम्की दिएपछि इन्डिगो विमानको आपतकालिन अवतरण गरिएको छ ।

 

मध्यप्रदेशको जबलपुरबाट तेलङ्गानाको हैदरावादका लागि उडेको इन्डिगो विमानलाई विमानभित्र बम भएको धम्की देखिएपछि महाराष्ट्रको नागपुरमा आपतकालिन अवतरण गरिएको हो ।

 

अधिकारीहरूका अनुसार, सबै यात्रु र चालक दलका सदस्यलाई अवतरण गराई ६ई७३०८ नम्बरको उक्त विमानको विस्तृत जाँच गरिएको थियो । टोलीले विमानभित्र कुनै शंकास्पद वस्तु फेला पारेन ।

 

उक्त घटना दिल्लीलगायत देशका विद्यालय, एयरपोर्ट, सपिङ मल्ल र अस्पतालहरूमा पठाइएको बम धम्कीको शृंखलामध्ये सबैभन्दा नयाँ छ ।

 

गत जुनमा भारतको नागरिक उड्डयन सुरक्षा निकाय, नागरिक उड्डयन सुरक्षा ब्यूरोले यस्तो धम्की दिनेहरूलाई पाँच वर्षको उडान प्रतिबन्धको प्रस्ताव गरेको थियो ।