साझेदारी गर्नुहोस्

अध्ययनका लागि विदेशीने विद्यार्थीहरुलाई लक्षित गर्दै भिस्टा इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले विशेष योजना सार्वजनिक गरेको छ ।

काठमाडौंको बागबजारमा रहेको भिस्टा इन्टरनेशनल एजुकेशन प्रा.लि.ले प्लस टू लगायतका विभिन्न परीक्षाहरुमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई लक्षित गरेर छात्रवृत्ति दिने तथा विशेष छुट प्रदान गर्ने सहितका योजना ल्याएको हो ।

अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान लगायतका देशहरुका अतिरिक्त मलेसिया, दुबई, दक्षिण कोरिया जाने विद्यार्थीहरुलाई समेत भिस्टा इन्टरनेशनलले शैक्षिक परामर्श लगायतको सम्पूर्ण सेवाहरु प्रदान गर्दे आएको छ ।

यी देशहरुमा रहेका लोकप्रिय तथा शैक्षिक स्तरमा गुणस्तरीय मानिने सबै युनिभर्सिटी तथा कलेजहरुसँग सहकार्य गर्दे आफ्ना शैक्षिक यात्रा अघि बढाउँदै आएको भिस्टा इन्टरनेशनल एजुकेशनका सिईओ श्रीराम पौडेलले जानकारी दिए ।

विदेशका युनिभर्सिटी तथा कलेजहरु र उनीहरुको शैक्षिक पक्रियाका बारेमा संस्थाको वेभसाइट, फेसबुक, इमेल, फोन नम्बर लगायतका माध्यमबाट थप जानकारी हासिल गर्न सकिने भिस्टा इन्टरनेशनल एजुकेशनले बताएको छ ।

अध्ययनका लागि विदेशीने विद्यार्थीहरुको रोजाइमा पर्दे आएको यो कन्ल्टेन्सीले विगतमा झैं आगामी दिनमा पनि विद्यार्थीहरुलाई लक्षित गर्दे गुणस्तरीय शैक्षिक परामर्श, विभिन्न स्कलरसीप लगायतका सम्पूर्ण सुविधाहरु प्रदान गर्दे अघि बढ्ने भिस्टा इन्टरनेशनल एजुकेशनका सिईओ श्रीराम पौडेलले बताए ।