साझेदारी गर्नुहोस्

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले लेबनानमा आइतबारको आक्रमण लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आफ्नो मुलुकको सैन्य अभियानमा ‘अन्तिम शब्द नभएको’ चेतावनी दिएका छन् ।

“हामी हिजबुल्लाहमाथि अचम्मका साथ कठोर प्रहार गर्दैछौँ, यो उत्तरको अवस्था परिवर्तन गर्न र हाम्रा बासिन्दाहरूलाई सुरक्षित रूपमा उनीहरूको घर फर्काउने दिशामा थप अर्को कदम हो, र म दोहोर्याउँछु कि यो अन्तिम शब्द होइन”, उनले मन्त्रिपरिषद् बैठकमा भने ।

उनले ‘आफ्ना नागरिक र बलहरूलाई नोक्सान पुर्याउने उद्देश्यले प्रहार गरिएका हजारौँ छोटो दूरीका रेकटहरूलाई सेनाले नष्ट गरेको’ बताए।