साझेदारी गर्नुहोस्

नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन् ।

गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका यी दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू केवल आठ दिन मात्र त्यहाँ बिताएर पृथ्वीमा फर्कनुपर्ने थियो ।

तर, बोइंग स्टारलाइनर अन्तरिक्ष यानमा हिलियम चुहिएका कारणले गर्दा उनीहरूलाई त्यहाँ आठ महिना बस्नुपर्ने भएको छ । नासाले दिएको जानकारी अनुसार उनीहरूलाई २०२५ को फेब्रुअरीमा पृथ्वीमा फर्काइनेछ ।

पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेको स्पेस स्टेशनमा अहिले सुनिता र बेरीसँगै कुल ९ जना अन्तरिक्षयात्री छन् । अन्तरिक्ष स्टेसनमा बस्ने अन्तरिक्ष यात्रीहरुको दिनचर्या कस्तो हुन्छ रु यो बारेमा जान्ने इच्छा सायद सबैको हुन्छ ।

वास्तवमा स्पेस स्टेशनमा जाने र बस्ने कुरा जति रोचक र स्वप्निल लाग्छ, त्यो यथार्थमा त्यति सजिलो छैन ।

सजिलो छैन स्पेस स्टेशनमा बस्न

हाल स्पेस स्टेशनमा नौ जना अन्तरिक्ष यात्रीहरु छन् । उनीहरुले दुईवटा बाथरूम र छ वटा सुत्ने कोठा शेयर गरिरहेका छन् । स्टेशनमा पृथ्वीबाट खाना र पानीको आपूर्ति गरिन्छ, जसलाई अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्नु आवश्यक हुन्छ ।

शरीरबाट निस्कने तरल पदार्थ, विशेष गरी पिसाबलाई रिसाइकल गरेर पिउनका लागि प्रयोग गरिन्छ । पसिना र सासबाट निस्कने चिसोपनालाई पनि यस्तै गरेर उपयोग गरिन्छ । मेगनका अनुसार स्पेस स्टेशनमा नुहाउनका लागि कुनै बाथरुम छैन । जीउ सफा गर्नका लागि अन्तरिक्ष यात्रीहरूले एक प्रकारको भिजेको टावेल प्रयोग गर्छन् ।

पृथ्वीको चुम्बकीय क्षेत्रबाट बाहिर बस्नुपर्ने भएकाले त्यहाँ विकिरणको पनि खतरा रहन्छ । गुरुत्वाकर्षण कम भएकाले शरीरका मांसपेशीहरूले धेरै काम गर्न पर्दैन, जसले शरीरलाई हानि पुर्‍याउन सक्छ । अन्तरिक्षमा हरेक ९० मिनेटमा सूर्य अस्ताउने र उदाउने हुन्छ । त्यसैले अन्तरीक्षयात्रीले उक्त सौर्यचक्रको बानी बसाल्नुपर्छ ।