साझेदारी गर्नुहोस्

राजन बुढाथोकी लाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट योङ्ग इभेन्ट डिरेक्टर अवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको बेस्ट योङ्ग इभेन्ट डिरेक्टर विधामा राजन बुढाथोकी लाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

फेसन उद्योगमा राजन बुढाथोकीको यात्रा सन् २०१६ मा रनवे नेपालले आयोजना गरेको फेसन आइकन कार्यक्रममा भाग लिएपछि सुरु भएको थियो । फेसन र इभेन्ट म्यानेजमेन्टप्रतिको उनको लगावले उनलाई सन् २०१७ मा इन्स्टिच्युट अफ ब्राइट इभेन्ट म्यानेजमेन्ट स्थापना गर्न अगुवाइ गरायो, जसको माध्यमबाट उनले “मिस्टर , मिसेस -राजकुमार र राजकुमारी” सौन्दर्य प्रतियोगिता आयोजना गरे। बाँके, धनगढी, जनकपुर, सर्लाही र सिरहाका मिस्टर एण्ड मिस मोडलका साथै ‘मिस्टर मोडल अफ वर्ल्ड नेपाल,’ जस्ता उल्लेखनीय फेसन शोहरू लगायतका सफल कार्यक्रमहरूको शृङ्खलाबाट उद्योगप्रतिको उनको प्रतिबद्धता विस्तार भयो। रनवे मोडलिङ अन माई ह्वीलचेयर,” “हाई अल्टिट्यूड फेसन रनवे,” र “रिभरसाइड फेसन रनवे गरे ।”

राजनले लखनऊ फेसन वीक र दिल्लीमा विभिन्न अवार्ड शो र फेसन कार्यक्रमहरूमा सहभागी भएर अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरे, विश्वव्यापी फेसन दृश्यमा आफ्नो विविध र प्रभावकारी योगदानहरू प्रदर्शन गर्दै।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।