साझेदारी गर्नुहोस्

घरेलु मैदानमा जारी साफ यू–२० च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत आजको खेलमा बंगलादेशले श्रीलंकाविरुद्ध २–० को जित निकालेसँगै नेपालको सेमिफाइनल यात्रा निश्चित भएको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जित निकालेसँगै बंगलादेशले पनि सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपाल र बंगलादेशले समूह ‘ए’बाट सेमिफाइनल यात्रा तय गरेका हुन् ।

यसअघि नेपालले प्रतियोगिताको पहिलो खेलमा श्रीलंकाविरुद्ध १–० को जित निकाल्दै समूहमा तीन अंक जोडेको थियो । अब बिहीबार हुने नेपाल र बंगलादेशबीचको खेलबाट समूहको विजेता र उपविजेताको टुंगो लाग्नेछ ।