साझेदारी गर्नुहोस्

कलाकार/नायिका बसुन्धरा भुसाल लाई ‘ग्यालेक्सी एक्सिलेन्स द बेस्ट एक्ट्रेस (उत्क्रिस्ट नायिका) अवार्ड’ बाट सम्मान गरिएको छ । शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनलाई  सम्मान गरिएको हो ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको द बेस्ट एक्ट्रेस (उत्क्रिस्ट नायिका)  विधामा बसुन्धरा भुसाल लाई सम्मान गरिएको हो ।

उनलाई नेपाल सरकारका माननीय कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव लगायतका उच्च पदस्थ व्यक्तिहरुले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

धेरै लोकप्रिय पौराणिक अभिनेत्री बसुन्धरा भुसाल (वसुन्धरा भुसाल) एक नेपाली चलचित्र र थिएटर अभिनेत्री हुन्। उनी पहिलो नेपाली चलचित्र आमा (१९६४)की नायिका थिइन् ।
भुसालले 2016 मा राष्ट्रिय चलचित्र पुरस्कार (नेपाल) मा लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेकी थिइन् ।
भुसाल भुवन चैत्य बसुन्धरा फाउन्डेसनका सह-संस्थापक र अध्यक्ष हुनुहुन्छ।
भुसाल नेपाल चलचित्र कलाकार संघका संरक्षक र संघका एक मात्र पहिलो महिला अध्यक्ष हुन्।

उक्त कार्यक्रममा बोल्दै इभेन्ट डाइरेक्टर सोनितराज ढुंगेलले अवार्ड समारोह सफल भएकोमा खुसी व्यक्त गरे  सामाजिक जीवनका विभिन्न क्षेत्रमा सक्रिय रहदै आफ्नो पेसामा उत्कृष्ट स्थान हाँसिल गरेका व्यक्तिहरुको सम्मान गर्नु नै यो कार्यक्रमको मुख्य उद्देश्य रहेको ढुंगेलले बताएका छन् ।

कार्यक्रममा नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, मधेस प्रदेशका अर्थमन्त्री माननीय जितेन्द्र यादव, पूर्व गृहमन्त्री माननीय मोहम्मद समिम, नेपाली काङ्ग्रेस मधेस प्रदेश सभापति कृष्ण यादव, साल्ट ट्रेडिङ् कर्पोरेसनका सिईओ उर्मिला श्रेष्ठ, प्रबुद्ध व्यक्तित्व डाक्टर भोला रिजाल, कलाकार शिवहरी नेपाल, गायक रामप्रसाद खनाल, नेपाल सरकारका पूर्वसचिव तथा सामाजिक अभियान्ता  भिम उपाध्याय, गैर आवासीय नेपाली संघ (एन आर एन ए) का सदस्य हरि भट्टराईका साथै कलाकार शिवहरी नेपाल (बैरागी ) लगायतका प्रसिद्ध व्यक्तिहरुको उपस्थिति थियो । कार्यक्रमको उद्घोषण भने संचारकर्मी  दिनेश डिसिले गरेका थिए ।