साझेदारी गर्नुहोस्

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक पर्वलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको बताएका छन् ।

गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले विभिन्न जातजातिका आआफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्व रहेको उल्लेख गरेका छन् ।

सभापति देउवाले लोकतन्त्रमा मात्रै सबै जातजाति, भाषाभाषी तथा धर्म र संस्कृतिले समान अवसर पाउने बताएका छन् ।

देउवाले सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्दै भावी पुस्ताका लागि पनि यस्ता पर्वहरूलाई जीवन्त राख्नु सबैको दायित्व र जिम्मेवारी हुने सन्देशमा उल्लेख गरेका छन् ।