साझेदारी गर्नुहोस्

क्रिकेटर सन्दीप लामिछाने बृज इन्टरनेसनल एडुुकेसनल कन्सलटेन्सीको ब्रान्ड एम्बास्डर बनेका छन्।

राजधानीमा सोमबार आयोजित एक कार्यक्रममा बृज इन्टरनेसनल एडुकेशनल कन्सलटेन्सीका निर्देशक भुवन गिरी र सन्दीपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

उनी २ वर्षका लागि उक्त कन्सलटेन्सीको एम्बास्डर रहनेछन्।

क्रिकेटर लामिछानेले बृज इन्टरनेसनलको ब्रान्ड एम्बास्डर बन्न पाउँदा खुशी लागेको बताए।