साझेदारी गर्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार विरुद्ध कानुन अनुसार शून्य सहनशीलता अपनाइने बताएका छन् ।

नेपाल खेलकुद महासंघको तेस्रो केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्दै ओलीले कसैलाई आग्रह वा पूर्वाग्रह राखेर फसाउने काम सरकारबाट नहुने बताए ।

उनले स्वतन्त्रता भनेको छाडापन नभएको बताए । ओलीले भने, ‘स्वतन्त्रताको हक भनेको बेलगमा र छाडा हुनु होइन, लोकतन्त्र भनेको छाडातन्त्र होइन ।’

कसैको सनकका भरमा शासन सञ्चालन नहुने उनको भनाई छ । ‘लोकतन्त्र एउटा अनुशासित समाज हो’, उनले भने, ‘सामाजिक प्रबन्ध मानेर नै समाज चल्ने हो, संविधान, कानुन मानेर नै समाज चल्छ ।’

नेपालमा स्थापना गरिएको प्रणाली उपयुक्त छ कि छैन भन्ने विषयमा अहिले छलफल गर्ने बेला नभएको ओलीको भनाई छ । संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सफल बनाउने तर्फ ध्यान जानु पर्नेमा ओलीले जोड दिए ।