साझेदारी गर्नुहोस्

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख  दीपककुमार रिसाल `ग्यालेक्सी एक्सिलेन्स द बेस्ट भिजिनरी लिडर अवार्ड´ बाट सम्मानित भएका छन् ।

शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनी सम्मानित भएकी हुन् । मेयर रिसाललाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको `द बेस्ट भिजिनरी लिडर अवार्ड´ बाट मेयर रिसाललाई सम्मान गरिएको हो ।

यसो त मेयर रिसाल सक्रिय युवा नेतृत्व हुन् । उनले आफू निर्वाचित भए पश्चात् गोकर्णेश्वर नगरपालिका बाहेक देशलाई समस्या परेका बेला हरेक ठाउँहरुमा सहयोग र सेवा प्रदान गर्दै आएका छन् । आफ्नो पालिका भित्रको स्वास्थ्य, शिक्षा, सडक विस्तार, खेलकुद लगायतका विभिन्न क्षेत्रको स्तरोन्नति गर्दै देशकै उत्कृष्ट नगरपालिका बनाउने अभियानमा उनी सक्रिय छन् । विशेष गरेर स्वास्थ्य सेवा प्रवाहका क्षेत्रमा महत्त्वपूर्ण काम गर्दै आएका छन् ।

यसो त उनले क्यान्सर पीडितहरुका लागि स्थानीय तहको सिफारिसमा संघ सरकारले दिने एक लाख रुपैयाँ अनुदानमा थप ५० हजार रुपैयाँ थपिदिने निर्णय पहिलो कार्यपालिका बैठकबाट गरेका थिए ।

साथै समुदायस्तरमा क्यान्सर परीक्षणको अभियान चलाएको, शंकास्पदको पुनः परीक्षण नगरपालिकाबाटै गराएको, नगर अस्पतालको विकासमा प्राथमिकता दिएको र ७० वर्षमाथिका बिरामीको ७० प्रतिशत उपचार खर्च नगरले व्यहोर्ने नीति लिएका कारण रिसाललाई यस अघि हेल्थ अवार्डबाट समेत सम्मान गरिएको थियो ।