साझेदारी गर्नुहोस्

भलिबल खेलाडी उषा भण्डारी `द बेस्ट राइजिङ स्पोर्ट्स प्लेयर अफ ग्यालेक्सी एक्सिलेन्स अवार्ड´बाट सम्मानित भएकी छन् । 

शनिबार काठमाडौँको हायात प्यालेसमा आयोजित एक कार्यक्रममा उनी सम्मानित भएकी हुन् । भण्डारीलाई नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

निकिला मिडिया नेटवर्क द्वारा समाजमा विभिन्न क्षेत्रमा रहेर देशको लागि सेवा गर्दै आएका फरकफरक विधाका व्यक्तित्वहरुलाई प्रदान गरिने  उक्त ग्यालेक्सी एक्सिलेन्स अवार्डको खेलकुद विधाबाट भण्डारीलाई सम्मान गरिएको हो ।

Usha Bhandari with her Father

नेपाली महिला भलिबलले पाएको भरपर्दो ओपन स्पाइकर बनेकी उषाले १३ औं सागमा डेब्यू गरेयता पछाडि फर्केर हेर्नुपरेको छैन ।

१८ वर्षको उमेरमा उनी आफ्नो क्लब नेपाल पुलिसकी प्रमुख खेलाडी बनिसकेकी छन् भने राष्ट्रिय टिमको नियमित सदस्य हुन । पछिल्लो समय भलिबल प्रतियोगिता खेलेर आफूलाई थप अनुभवी बनाइसकेकी छन् । यसकै आधारमा उनी यो अवार्डको मनोनयनमा परेकी थिइन् ।