साझेदारी गर्नुहोस्

पाकिस्तानमा ‘एमपक्स’ रोगको सङ्क्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार खैबर पख्तूनख्वाको मरदान जिल्लामा बस्ने एक व्यक्तिमा सङ्क्रमण फेला परेको हो ।

सङ्क्रमित व्यक्ति हालै खाडी मुलुकबाट आएको बताइएको छ । सङ्क्रमित व्यक्तिले यसबिचमा भेट गरेका व्यक्ति पत्ता लगाउन सुरु गरिएको मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पाकिस्तानको स्वास्थ्य मन्त्रालयले बिहीबारमात्र एमपक्सबारे एडभाइजरी जारी गर्दै विमानस्थल र नाकाहरूमा कडा स्क्रिनिङ भइरहेको जनाएको थियो ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले बिहीबार सूचना जारी गरी विमानस्थल र त्यस्ता सबै ट्रान्जिट पोइन्टमा कडा स्क्रिनिङ भइरहेको बताएको छ ।

यसअघि स्विडेनमा एमपक्सको पहिलो संक्रमण देखिएको थियो ।