साझेदारी गर्नुहोस्

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिम पहिरो गएको छ । हिमपहिरोका कारण थामे गाउँ प्रभावित भएको छ ।

बाढीबाट सतर्क रहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई जल तथा मौमस विज्ञान विभागले अनुरोध गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै सोलुखुम्वुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रका बासिन्दाहरूलाई अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा जान अनुरोध गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सोलुखुम्बुको जोरसल्ले देखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध छ ।’

सोलुखुम्बु सदरमुकामबाट निकै टाढा रहेको खुम्बु क्षेत्रमा बाढीले के कति क्षति भयो भन्ने विस्तृत विवरण आइसकेको छैन । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ ।