साझेदारी गर्नुहोस्

कैलालीको बर्दगोरिया गाउँपालिका–१, उत्तरमुडामा आइतबार चट्याङ पर्दा १० जना घाइते भएका छन् ।

घाइते हुनेमा सोही ठाउँका फिरियादेवी चौधरी, रीतादेवी चौधरी, माया चौधरी, कमलापती चौधरी, किरन चौधरी, उर्मिला डगौरा, पार्वती चौधरी, फूलकुमारी चौधरी, निर्मलादेवी थारु र घोडाघोडी नगरपालिका–३, ढुसरका ममता थारु रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए ।

उनका अनुसार, स्थानीय भीमबहादुर चौधरीको घरमा मृत्यु भएका एक व्यक्तिको १३ दिने पुण्यतिथिमा स्थानीय जमघट भई खाना पकाइरहेको अवस्थामा चट्याङ परेको थियो । बौनियास्थित बर्दगोरिया अस्पतालमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।