साझेदारी गर्नुहोस्

युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेको गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृ’त्यु भएको छ ।

बीबीसीले आक्रमणबाट घाइते भएकाहरुलाई उपचार गर्न लगिएको गाजाको अल अहली अस्पतालका प्रमुखलाई उद्धृत गर्दै सो आक्रमणमा कम्मिात ७० जनाको मृत्यु भएको उल्लेख गरे पनि संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको छ, जहाँ लाखौं व्यक्तिहरुले आश्रय लिइरहेका छन् । संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले शरणार्थी शिविरहरुमा आक्रमण बढेको भन्दै निन्दा गरेको छ ।

कार्यालयका अनुसार शनिबार बिहान साढे चार बजे अल तबिन स्कुल भित्रको मस्जिदमा तीनपटकसम्म आक्रमण भएको छ ।